+
+

ओलम्पिक टर्च लुम्बिनी लगिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १४:२५

२६ असोज, काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रज्वलन गरिने ओलम्पिक फ्लेम (ओलम्पिक टर्च) बुधबार लुम्बिनी लगिने भएको छ ।

उमेश मास्केसहितको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी पु¥याएर नवौं राष्ट्रिय खेलकुदको आयोजना स्थल गण्डकी प्रदेशको राजधानी पोखरा ल्याइने भएको हो ।

ओलम्पिक टर्च लाने मास्के नेतृत्वको टोलीमा मुकुन्दहरि श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित, राजकुमारी पाण्डे र भगवती केसी रहेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले टोलीलाई बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मुख्यालयबाट ओलम्पिक टर्च हस्तान्तरण गरेर बिदाइ गरे । सो अवसरमा कीर्तिमानी धावक ओलम्पियन वैकुण्ठ मानन्धर, पुष्पराज ओझा लगायतको उपस्थिति थियो ।

लुम्बिनी विकास कोषको सहकार्यमा बिहीबार विहान लुम्बिनीको शान्तिदीप अगाडि ओलम्पिक टर्चका साथ कार्यक्रम गरिने नेपाल ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिए । ओलम्पियन्स संघले ओलम्पिक टर्चका लागि ओलम्पियनहरुको सिफारिस राखेपलाई गरेको हो ।

ओलम्पियन टोलीले ल्याएको उक्त टर्च पोखरामा टीकाबहादुर बोगटीसहितको अर्को ५ सदस्यीय गण्डकीका ओलम्पियन टोलीलाई हस्तान्तरण गर्नेछ । उद्घाटनका दिन शुक्रबार सोही टोली र अन्य ओलम्पियन टोलीले ओलम्पिक टर्चलाई पोखरा रंगशालामा परिक्रमा गराएर गण्डकीका ज्येष्ठ ओलम्पियन सातौं दक्षिण एसियाली खेलकुदका म्याराथनका स्वर्ण पदक विजेता बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?