+
+
Shares

रुपन्देहीमा गृहमन्त्री खाँणले टिकट खोसेको शेखर पक्षका नेताको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १९:२६

२६ असोज, बुटवल। रुपन्देही-५(क) बाट प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विष्णु पोखरेलले गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो उम्मेदवारी रद्द गराएको गुनासो गरेका छन् ।

आफूलाई पार्टी सभापति शेरबहादुर देउवाले टिकट दिएर उम्मेदवारी दर्ता गरेपनि गृहमन्त्री खांणको दबावमा उम्मेदवारी फिर्ता गर्ने समय गुज्रिसकेपछि उम्मेदवारी रद्द गराइएको बताए ।

‘मलाई सभापति शेरबहादुर देउवाले टिकट दिनुभएको हो, उम्मेदवारी फिर्ता गर्ने समय बिहान ११ बजेदेखि १ बजेसम्म रहेकामा २ बजेसम्म मेरो उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृतले मलाई जानकारी दिएका थिए’, पोखरेलले भने, ‘टिकट दिने सभापतिले पनि मेरो उम्मेदवारी फिर्ताबारे केही भन्नुभएको छैन, तर गृहमन्त्री खाँणले शेखर पक्षलाई समाप्त गर्ने नियतका साथ रद्द गर्न लगाए ।’

उनले निर्वाचन कानून सबैलाई बराबर हुनुपर्नेमा गृहमन्त्रीको निर्देशनमा मिचिएको आरोप लगाए । गृहमन्त्रीले शेखर पक्षमाथि अन्याय गरेको भन्दै यसले उनलाई महंगो पर्ने चेतावनी समेत दिए ।

निर्वाचन अधिकृत चिन्तामणि शर्माले पनि २ बजेसम्म उम्मेदवारी कायमै रहेको बताएका तर पछि इमेलमा पत्र आएको रहेछ भनेर झुठो कुरा गरेको पोखरेलले दावी गरे ।

रुपन्देही–५ (क) सत्ता गठबन्धनको भागबण्डामा माओवादी केन्द्रलाई परेपनि पोखरेलले पनि पार्टीबाट टिकट पाएका थिए । पोखरेलले उम्मेदवारी दिएपछि माओवादीले सहमति भांडिएको भन्दै प्रतिनिधि सभामा दिपिका शर्मा लम्साललाई उम्मेदवार बनाएको थियो । तर शर्माले भने उम्मेदवारी फिर्ता लिएकी छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका पोखरेलले कांग्रेसको भागमा परेको मोरङ-६ को प्रदेश सभा क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डले आफ्ना नातेदारलाई उम्मेदवार बनाउने गरी क्षेत्र सट्टापट्टा गरेकाले आफूलाई टिकट दिएको बताएका थिए ।

यहाँ प्रतिनिधि सभामा कांग्रेसबाट भरत शाह र एमालेबाट बासुदेव घिमिरे उम्मेदवार छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?