+
+

घनश्यामजीले टिकटको आशै गर्नुभएको थिएन, दलित उम्मेदवार हराउन लाग्नुभो : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते २१:४०

२६ असोज, काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले पार्टीका पूर्वउपमहासचिव तथा स्थायी कमिटी सदस्य घनश्याम भूसालले स्वतन्त्र उम्मेदवारी दिएको बारे मुख खोलेका छन् ।

अनलाइनखबरसँग लामो अन्तर्वार्ता दिँदै पोखरेलले भूसाल वैचारिक सैद्धान्तिक पकड राख्ने अध्येता भए पनि गलत निर्णय गरी पार्टी छाडेको प्रतिक्रिया दिए ।

‘उहाँले टिकटको आशै गर्नुभएको थिएन । एक महिनाअघि पार्टीको रुपन्देही जिल्ला कमिटीले कार्यकर्ता र समर्थकहरुसँग सांसद तथा जनप्रतिनिधिहरुको अन्तर्क्रिया राखेको थियो । त्यसमा उहाँ जाँदै जानुभएन,’ उनले भने, ‘नियतवश उहाँलाई टिकट नदिएको होइन, राप्रपाका लागि छाड्नुपर्ने भएकाले त्यसो गर्नुपर्‍यो । उहाँ साँच्चिकै साहसी नेता भएको भए पहिले जितेकै क्षेत्रमा स्वतन्त्र उठ्नुपर्थ्यो । दिपक बोहरा र बालकृष्ण खाँणविरुद्ध नै उठ्ने हिम्मत गर्नुपर्थ्यो । तर उहाँ त पहिलेको क्षेत्र छाडेर अन्त लाग्नुभयो, नेपालमा पछि परेको दलित समुदायबाट पाटीले अगुवा नेतालाई उम्मेदवार उठाउँदा त्यसकै विरुद्धमा उभिनुभयो । भूसालले आफ्नै सैद्धान्तिक अडान र आदर्शबाट विचलित हुनुभयो ।’

एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति गरिसकेपछि पनि संसद तथा अन्य मञ्चहरुमा पार्टी नेतृत्वको निर्णयविरुद्ध उभिने काम गरेको भन्दै उनी टिकटका लायक नभएको टिप्पणी पोखरेलको छ । उनले प्रभु साह सत्ता गठबन्धनबाट परिचालित भएको आरोप समेत लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?