+
+
Shares

गुल्मीमा ४ जनाको उम्मेदवारी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते २०:५२

२६ असोज, गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि गुल्मीमा ४ जना उम्मेदवारले उम्मेदवारी लिएका छन् ।

क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका कमल भुसाल, निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेश सभा (क) मा किरण शाह (ख) मा रामचन्द्र कंडेलले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा (ख) का स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर अर्यालले पनि आफनो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गुल्मी जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा गरी ६ जना निर्वाचित प्रतिनिधिका लागि ६२ जनाले उम्मेदवारी परेको छ ।

प्रतिनिधि सभाको क्षेत्रनम्वर–१ मा १० जना प्रदेश सभा (क) मा १० र (ख) मा ११ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । गुल्मी प्रतिनिधि सभा २ मा १३ जना, प्रदेश सभा (क) मा १० जना (ख) मा ८ जना को उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?