+
+

कमाइमा ‘साउथ’ले उछिन्यो बलिउडलाई, १० फिल्म ३०० करोड क्लबमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १६:१६

काठमाडौं । भारतीय फिल्म इतिहासमा पहिलोपटक एकै वर्ष दक्षिण (साउथ)का चारवटा फिल्म ३०० करोड क्लबमा प्रवेश गरेका छन् । जसमा आरआरआर, केजीएफ-२, विक्रम र पीएस-वान छन् ।

अहिलेसम्म ४७ वटा भारतीय फिल्मले मात्र यो कीर्तिमान रच्ने मौका पाएका छन् । जसमा १० साउथ र ३७ बलिउड फिल्म छन् ।

सन् २०२२ मा बलिउडबाट ‘द कश्मीर फाइल्स’ र ‘ब्रह्मास्त्र’ले मात्र ३०० करोड क्लब प्रवेश गर्न सके । कलेक्सन मात्र होइन बजेटमा पनि साउथले बलिउडलाई पछि छाडेको छ । भारतमा निर्माण भएका अहिलेसम्मकै महंगा १० फिल्ममध्ये सातवटा त साउथका छन् ।

जसमध्ये चारवटा त यसैवर्ष यो सूचीमा सामेल छन् । जसमा तीन साउथ छन् भने बलिउडबाट ब्रह्मास्त्र मात्र छ । सन् २०१७ मा रिलिज भएको बाहुबली-२ ले १ हजार ८१० करोड भारु लाइफटाइम कलेक्सन गरेको छ । केजीएफ-२ ले १ हजार २०० करोड, आरआरआरले १ हजार १५० करोड, बाहुबली-१ ले ६५०, साहोले ४३९, विक्रमले ४३३, पुष्पाले ३५५, पीएस-वानले ३४५, कबालीले ३०० र बिगिलले ३०० करोड भारु कमाएका छन् ।

महंगो बजेटमा पनि साउथ नै अघि छ । जसमा आरआरआर ५५० करोड भारुमा निर्माण भएको हो । ‘२.०’ लाई ५०० करोडमा बनाइएको हो । ब्रह्मास्त्र ४१० करोड, साहो ३५० करोड र राधेश्याम ३०० करोडमा निर्माण भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?