+
+

पूर्वी चितवनको जुस उद्योगमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते ७:४३

२८ असोज, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ ।

उद्योगमा राखिएका ड्रम र कार्टुनमा आगलागी भइरहेको घटनास्थलमा रहेका पत्रकार सञ्जय चौधरीले जानकारी दिए ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?