+
+

नवौं राष्ट्रिय खेलकुद : कसरी हुँदैछ उदघाटन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते ८:१४

२८ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतियोगिता अन्तर्गतका खेलहरु एक महिना अघिदेखि नै जारी रहे पनि औपचारिक उदघाटन समारोह भने आज हुन लागेको हो । अपराह्न साढे तीन बजे पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उदघाटन गर्ने छन् ।

उदघाटन समारोहमा सातौं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्ज्वलन गर्नेछन् ।

उदघाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरुबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम र आतिसबाजीसमेत गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।

औपचारिक रुपमा शुक्रबारबाट सुरु भएको प्रतियोगिता आगामी कात्तिक ३ गते सकिने छ । समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।

उदघाटन समारोहमा ३ सय जना स्वयंसेवक खटिनेछन् भने विद्यार्थी, सेना, प्रहरी, एपीएफ, खेलाडी, रेफ्री, खेल पदाधिकारी, अतिथि र स्थानीयको उपस्थितिले १६ हजार ५ सय सिट क्षमताको प्यारापिट भरिने आयोजकको आँकलन छ ।

नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको समापनका दिन नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा आयोजना हुने जानकारी गराइएको थियो । तर कोरोना महामारीका राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको थिएन । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका कारण पनि खेलको मिति पछाडि सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?