+
+

पोखराको बेगनास तालमा डुंगा पल्टिएर एक जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १७:२८

२८ असोज, पोखरा । पोखराको बेगनास तालमा डुंगा पल्टिएर एक जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो परिवार र छिमेकीसहित पोखरा-३१ माझिकुनामा घुम्न गएका पोखरा–१३ बाँझापाटनका ३८ वर्षीय लालबहादुर गुरुङ बेपत्ता भएका हुन् ।

माझिकुनाको एक होटलबाट २ जनाले फरक फरक कायम डुंगा लिएर बेगनास तालमा गएका थिए । गएको ५ मिनेटमा कायक सँगै गएकी महिलाले चिच्चयाएर गुहार मागेपछि खोजी कार्य भइरहेको भए पनि फेला नपरेको वडा नम्बर ३१ का अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए । घटना साढे ४ बजेतिर घटेको हो । दुर्घटना भएको क्षेत्रमा केज बनाएर माछा पालन गरिएको छ ।

‘हामीलाई पौडिन आउँछ भनेर कायक डुंगा लिएर गएका रहेछन् । सँगै गएकी महिलाले गुहार मागेपछि बल्ल जानकारी भएको हो,’ कँडेलले भने, ‘खोजी कार्य भइरहेको छ तर फेला पर्न सकेको छैन ।’

माझिकुना पछिल्लो समयमा धेरैको रोजाइमा परेको पर्यटकीय क्षेत्रको हो । बिदाको दिन धेरै मानिस त्यहाँ रमाउनका लागि पुग्ने वडाध्यक्ष कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?