+
+

पौडी खेल्ने क्रममा बेपत्ता भएका युवकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १७:४८

२८ असोज, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१ सिसौघारीस्थित आँधिखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको भेटिएको छ ।

वालिङ नगरपालिका-१ सिसौघारीका १९ वर्षीय संगम रेग्मीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक उपेन्द्र बस्यालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले घटनास्थलभन्दा १०० मिटर तल अन्दाजी १५ फिट गहिराईबाट उनको शव निकालेको हो ।

रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा बुधबार दिउँसो करिव साढे ४ बजे बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?