+
+

टिकट नपाएपछि हरिबोलले बुझाए पेरिसडाँडा र खुमलटारमा असहमति पत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १८:१६

२८ असोज, काठमाडौं । प्रतिनिधिसभा उम्मेदवार बन्न नपाएपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले असहमति पत्र दर्ता गराएका छन् ।

माओवादी स्रोतका अनुसार गजुरेलले आफ्ना सहयोगीमार्फत पार्टी कार्यालय पेरिसडाँडा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्रबार असहमति पत्र पठाएका हुन् ।

पत्रमा गजुरेलले आफूलाई टिकट नदिनुको कारणबारे पदाधिकारीबीच छलफल गर्नुपर्ने माग गरेका छन् । दुई पटक सिन्धुलीबाट चुनाव जितेका गजुरेल यसपटक पनि सिन्धुली–२ बाट चुनाव लड्न चाहन्थे । तर माओवादी केन्द्रले जिल्ला इन्चार्ज लेखनाथ दाहाललाई टिकट दिएको छ ।

निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीले आफ्नो नाम सिफारिस गरे पनि टिकट नदिएको भन्दै गजुरेल असन्तुष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?