+
+

कुमारी बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते ११:५५

३० असोज, काठमाडौं । कुमारी बैंकको प्रस्तावित लाभांश तनेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को लागि १२.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

एनसीसी बैंकसँग मर्जर सम्झौता गरेको बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेसँग अब बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यता एनसीसी बैंकले पनि ३.३६६३ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत गरी ७.६३३७ प्रतिशत नगद लाभांशसहित कुल ११ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?