+
+

रोल्पामा सत्तारुढ गठबन्धनको चुनावी कमाण्डर वर्षमान

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १२:४५

३० असोज, रोल्पा । रोल्पामा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई निर्वाचनको कमाण्डर तोकेका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलले चुनाव परिचालन समितिको संयोजकमा पुनलाई चयन गरेका हुन् ।

समितिमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रका सत्तारुढ गठबन्धनका उम्मेदवार र समानुपातिक उम्मेदवार, गठबन्धनमा रहेका दलका जिल्ला अध्यक्ष पनि सदस्य रहनेछन् । कांग्रेसका रोल्पा जिल्ला सभापति किशोर आचार्यले गठबन्धनको चुनावी प्रतिवद्धता पत्र तयारी समितिको संयोजनसमेत नेता पुनले गर्ने बताए ।

सत्तारुढ गठबन्धनले केन्द्रीय नेताहरुको उपस्थितिमा कात्तिक अन्तिम साता जिल्लाका तीन स्थानमा चुनावी सभा गर्ने पनि बताएको छ । जिल्लाको सुलीचौर, घर्तीगाउँ र होलेरीमा चुनावी सभा हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?