+
+

शाखारहित सेवा केन्द्रबाट पीडित निक्षेपकताई प्रहरीमा उजुरी गर्न माछापुच्छ्रे बैंकको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १३:०४

३० असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देहीका दुई शाखारहित ग्राहक सेवा केन्द्रका व्यावसायिक प्रतिनिधिविरुद्ध प्रहरीमा उजुरी दिएको बताएको छ । साथै त्यसका पीडित ग्राहकलाई पनि सम्बन्धी प्रहरी कार्यालयमा उजुरी गर्न आग्रह गरेको छ ।

बैंकले ३० असोज आइतबार एक सूचना प्रकाशित गर्दै समरीमाई गाउँपालिका–५ स्थित रोइनिहवा र लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहानामा सञ्चालित शाखारहित ग्राहक सेवा केन्द्रका व्यावसायिक प्रतिनिधिले सर्वसाधारणबाट निक्षेप लिएर हिनामिना गरेपछि प्रहरीमा उजुरी गरेको बताएको छ ।

बैंकका व्यावसायिक प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको भनिएको रकम आफैंले खाए मासेको लिखित रुपमा नै स्वीकार गरिसकेकोले उक्त कार्यबाट पीडित भएकाहरुलाई बैंकले सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ ।

‘व्यावसायिक प्रतिनिधिहरुले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरे उपर निज प्रतिनिधिहरु स्वयं जिम्मेवार हुने र सो सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालय मार्फत आवश्यक कानुनी प्रक्रिया सुरु भइसकेको छ । उक्त कार्यबाट पीडित हुनु भएको भए सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रकृयामा सहभागी हुन समेत अवगत गराउँदछौं’ बैंकले भनेको छ ।

उक्त सेवा केन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम रियल टाइममा रकम जम्मा हुने र सिस्टम मार्फत नै भौचर (रिसिप्ट) प्रिन्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गर्नुपर्नेमा बैंक भौचरको अनाधिकृत प्रयोग गरी विभिन्न व्यक्तिहरुलाई हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाइन सिस्टम मार्फत रकम जम्मा नै नगरी आफैं अपचलन गरेको स्वीकार गरेको बैंकले जनाएको छ ।

बैंकको शाखारहित बैंकिङ केन्द्रबाट रकम हिनामिना भएको भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ । बैंकका अनुसार रोइनिहवा र मुजहानामा शाखारहित ग्राहक सेवा केन्द्रमार्फत सीमित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले निरन्जन पाठक र सिकन्द्र ठाकुरलाई व्यवसायिक प्रतिनिधी नियुक्त गरिएको थियो । उक्त ग्राहक सेवा केन्द्रबाट दिइने सेवा हाललाई बन्द गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?