+
+

नेप्सेमा ९.६९ अंकको गिरावट, बैंकिङ उपसूचक भने बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १५:३९

३० असोज, काठमाडौं । कात्तिकमा निक्षेपको ब्याजदर थप वृद्धि नगर्ने बैंकर्स संघको सहमतिले पनि सेयर बजारमा भने सकारात्मक प्रभाव देखिएन । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ९.६९ अंक (०.५२ प्रतिशत) ले गिरावट भएर १८६०.९४ अंकमा बन्द भएको छ ।

नेप्से सँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.४७ अंकले घटेर ३६५.४२ अंकमा बन्द भएको छ । आइतबार बैंकिङ र उत्पादनमूलक बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बैंकहरु प्रथम त्रैमासिक क्लोजिङमा लाग्दा सकारात्मक वित्तीय विवरणको अपेक्षामा एभरेष्ट, स्ट्यान्नर्ड चाटर्ड, नेपाल एसविआई लगायत बैंकमा लगानीकर्ताको आकषर्ण देखिएको छ । जसले नेप्से रातो हुँदा पनि बैंकिङ उपसूचक भने हरियो देखिएको छ ।

गत साता बैंकर्स संघले निक्षेपको ब्याजदर थप बढाउन नहुने निष्कर्ष निकाल्दै तत्काल घटाउने परिस्थितिमा पनि नभएको भन्दै असोजकै ब्याजदर कात्तिकमा पनि निरन्तरता दिने सहमति गरेको थियो । सेयर बजारमा सूचितकृत कम्पनीको ‘रिटर्न अन इक्विटी’को रेसियोमा ब्याजदर पुगेपछि सेयर लगानीकर्ता भने यतिबेला ‘पेनिक’ बनेका छन् । सेयर लगानीकर्ताले पाउने लाभांश ब्याजदर भन्दा न्यून बन्ने अवस्थामा लगानीकर्ताको रोजाई सुरक्षित मानिएको बैंक निक्षेपमा देखिएको छ । जसले गर्दा सेयर बजार निरन्तर कमजोर बन्दै गएको छ ।

लगानीकर्ता बजारप्रति पोजेटिभ नदेखिंदा कारोबार रकम आइतबार पनि १ अर्ब पुग्न सकेन । आइतबार बजारमा २४ लाख ७४ हजार ७८५ कित्ता सेयर किनबेच हुँदा ८० करोड ३५ लाख २६ हजारको कारोबार भएको छ ।

जसमध्ये एभरेष्ट बैंकको सर्वाधिक ८ करोड ४७ लाख ६० हजारको कारोबार भएको छ । यस्तै ग्लोबल आईएमई बैंकको ४ करोड ८८ लाख ६ हजारको कारोबार भएको छ ।

आइतबार नेप्सेमा १८३ कम्पनीको सेयर कारोबार भएकोमा १४८ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ३० कम्पनीको बढेको छ । त्यस्तै ५ कम्पनीको स्थिर रहेको छ ।

अभियान लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै स्ट्यान्डर्ड चाटर्ड बैंकको ७.२५ प्रतिशत, एभरेष्ट बैंकको ५.१५ प्रतिशत र नेपाल एसबिआई बैंकको सेयरमूल्य ३.७७ प्रतिशतले वृद्धि भएको छ ।

यता पिपुल्स पावरको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सिटिजन्स बैंकको सेयरमूल्य ७.०३ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?