+
+

प्यूठानका पहिरो पीडित भन्छन् : कतिन्जेल आफन्तकहाँ बस्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १७:२२
पहिरोले बगेको धनचौर गाउँ ।

३० असोज,  प्यूठान । माथिबाट पहिरो झरेर गाउँ नै जोखिम परेपछि प्यूठानको ऐरावती गाउँपालिका तिघ्रापाताल कि सावित्रा सुनार  एक सातादेखि घरमा छैनन् ।

पहिरोको त्रासले सुनार जस्तै २३ घरपरिवारले पदमोदय मावि धुवाङमा आश्रय लिएर बसिरहेका छन् । उनीहरुसँग अहिले रेडक्रसले बाँडेका भाँडाकुँडा, पाल बाहेक अरु केही छैन ।

सावित्राको जस्तै स्थिति छ माण्डवी गाउँपालिका-२ धनचौरका ३४ वर्षिय हरि सुवेदीको पनि ।

पहिरोका कारण घरबारबिहीन भएपछि आफूहरु छिमेकीको घरमा बस्न बाध्य भएको बताए । ‘हामी बस्दै आएको घर पहिरोले बगायो,’ सुवेदीले भने, ‘घर बनाउनलाई जग्गा पनि सङ्ग्लो छैन । कतिन्जेल अरूकोमा गएर गुजारा चलाउने ?’

उनले सरकारले घर बनाउन जग्गा दिए ठूलो राहत मिल्ने बताए । उनका अनुसार सुवेदी जस्तै धनचौरका ५० बढी घर बिस्थापित भएका छन् ।

असोजको तेस्रो साता आएको बाढीपहिरोबाट विस्थापित भएका बाढी पहिरोपीडितहरू अझै आफन्त र छिमेकका घरमा गएर गुजारा चलाउन बाध्य छन् ।

केही भने विद्यालय र पालहरुमा बस्दै आएका छन् । पहिराबाट विस्थापितलाई दैनिक छाक टार्न मुस्किल भएको छ । राहतका भरमा चुलो बलेको छ ।

माण्डवी र ऐरावती गाउँपालिकामा सवैभन्दा धेरै क्षति भएको स्थानीय प्रशासनले बताएको हो। एकिन तथ्याकं नभए पनि बाढी पहिरोले प्यूठानमा ८५ घर परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?