+
+

पर्यटन गतिविधि बढाउन शिवपुरी राष्ट्रिय निकुञ्जमा पहिलो पटक ‘ट्रेल रन’ र साइक्लिङ प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १८:२८

३० असोज, काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा पहिलो पटक ‘ट्रेल रन’ र ‘साइक्लिङ’ प्रतियोगिता हुने भएको छ ।

शिवपुरी राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको लिपिकोट ब्यारेकको भवानीदल गणको आयोजना तथा बूढानीलकण्ठ र टोखा नगरपालिकाको सहआयोजनामा प्रतियोगिता हुन लागेको आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो ।

आगामी १९ कात्तिकमा तीन विधामा हुने प्रतियोगितामा पुरुष ट्रेल रनमा प्रथम हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउने भवानीदल गणका गणपति प्रमुख सेनानी रवी केसीले जानकारी दिए ।

‘२२ किलोमिटर पुरुष ट्रेल रन, ३० किलोमिटर साइकलिङ र १५ किलोमिटर ट्रेलरन गरी तीन प्रकारका इभेन्टमा खुल्ला प्रतिस्पर्धा हुनेछ,’ गणपति केसीले भने ‘प्रतियोगिताका लागि भोली सोमबारबाट खुल्ला आवेदन दिन सकिने छ । ’

प्रतियोगितामा स्वदेशी देखि विदेशी पर्यटकले समेत सहभागिता जनाउन सक्नेछन् । कार्यक्रमम सहभागीहरुका लागि ३ किलामिटर वाकथन पनि आयोजना गरिएको गणले जनाएको छ ।

प्रतियोगिता अन्र्तगत २२ किलोमिटर पुरुष ट्रेल रनमा प्रथम हुनेले एक लाख, द्वितीय हुनेले ७० हजार, तृतीय हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसै प्रतिस्पर्धामा चौथो, पाँचौ हुँदै १० औं स्थानसम्म हासिल गर्नेले क्रमशः ३०, २५, २०, १५, १० र ५ हजार रुपैयाँसम्म पुरस्कार पाउने छन् ।

३० किलोमिटर साइक्लिङमा प्रथम हुनेले ७० हजार, द्वितीय हुनेले ५० हजार र तृतीया हुनेले ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् भने क्रमशः १० औं स्थानसम्म हासिल गर्नेले पनि नगद पुरस्कार पाउने छन् ।

यस्तै १५ किलोमिटर महिला ट्रेल रन विजेताले ५० हजार, उपविजेताले ४० र तृतीय हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यो प्रतियोगिता अन्तर्गत पनि १० स्थानासम्म हासिल गर्नेले सान्त्वना पुरस्कार पाउने छन् ।

नेपाली सेनाको प्रधान सेनापति कमाण्ड नीति तथा मार्गदर्शन २०७८ बमोजिम आयोजना गरिएको कार्यक्रममको मुख्य उद्देश्य प्रकृति संरक्षण गर्दै पर्यटन गतिविधि बढाउने भएको भवानीदल गणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?