+
+

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण विषयक अन्तरक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १३:०१

३० असोज, काठमाडौं । पर्साको ठोरीमा मानव र वन्यजन्तुबीच उत्पन्न द्वन्द्व न्यूनीकरण गरी पर्यापर्यटनको विकास गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटकीय स्थल राइधारामा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने विषयमा छलफल भएको निर्मल-ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार मध्यवर्ती क्षेत्रमा पर्यापर्यटन विकास, स्थानीयको आयआर्जन वृद्धि गर्ने लगायतका विविध विषयमा पनि छलफल भएको छ ।

कार्यक्रममा सहभागी हुन डब्ल्यूडब्ल्यू एफ एसियाकी डारेक्टर कट्जुचा डोरेफेल र डब्ल्यूडब्ल्यू एफ नेपालका म्यानेजर डा. अनन्त भण्डारी ठोरी पुगेका थिए । दुवै जनाले ठोरी मध्यवर्ती क्षेत्रमा पर्यापर्यटन, आयआर्जन लगायतका क्षेत्रमा सहयोग पुग्ने गरी विविध कार्यक्रम उपलब्ध गराउने आश्वासन दिएको बस्नेतले बताए ।

ठोरी गाउँपालिका चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जसँग सटेको स्थानीय तह हो । यस क्षेत्रका स्थानीय बासिन्दा ज‌ंगली हात्ती लगायतका वन्यजन्तुबाट प्रताडित छन् ।

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारी, चोरी शिकारी प्रतिरोध इकाइका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमसँगै पर्यटकीय स्थल राई धारा क्षेत्रमा वृक्षारोपण समेत गरिएको बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?