+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा, मूल्य नघट्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १९:३०

३१ असोज, काठमाडौं । नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ । भारतबाट नियमित रुपमा घटेर नयाँ मूल्य आइरहँदा पनि निगमले भने पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन ।

यसले उपभोक्ता भने महँगीको मारमा परेका छन् । आइतबार निगमलाई भारतबाट इन्धनको केही पदार्थमा मूल्य बढेर आए पनि निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफा छ ।

तर, सञ्चित नोक्सानीका कारण तत्काल मूल्य समायोजन नहुने निगमले विज्ञप्तिमार्फत प्रष्ट्याएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाई इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको छ ।

जसअनुसार निमगलाई डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिण्डर ३२५ रुपैयाँ नोक्सानी छ । तर, निगमलाई पेट्रोलमा १४ रुपैयाँ ५६ पैसा, मटितेलमा ३८ रुपैयाा ५८ पैसा र हवाइ इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा र अन्तराष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा प्रतिलिटरमा नाफा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?