+
+

सानिमा ‘थ्री इन वान’ खातामा सी-आस्वा र मेरो शेयर सुविधा थप

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १२:५९

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न भन्दै ‘थ्री इन वान’ खातालाई परिष्कृत गरेको छ । ‘थ्री इन वान’ खाताको अनलाइन फारम भर्दा ग्राहकले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सी–आस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्ने बैंकले जनाएको छ ।

साथै, ‘थ्री इन वान’ पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रक्रियाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरेको छ । उक्त खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । खाता भइसकेका ग्राहकले समेत यसबाट सी-आस्वा र मेरो सेयरको सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा सञ्चालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्न बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइट बाट ‘थ्री इन वान’ एकाउन्टमा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । आईपीओमा लगानी गरेका ग्राहकहरु समेत केही प्रक्रियाहरु पूरा गरी सानिमा ‘थ्री इन वान’ खाता मार्फत सजिलै सेयर बिक्री गर्न मिल्ने सुविधा यस खातामा रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?