+
+

आइफोनसँगै चार्जर नदिएको मुद्दामा एप्पलमाथि साढे २ अर्ब जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १४:२९

ग्राहकलाई आइफोनसँगै बक्समा चार्जर नदिनु एप्पलका लागि महंगो सावित भएको छ । ब्राजिलको एक अदालतले आइफोन खरिदकर्तालाई मोबाइलसँगै चार्जर उपलब्ध नगराएको भन्दै एप्पल कम्पनीमाथि १० करोड ब्राजिलियन रियल अर्थात् करिब साढे दुई अर्ब रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

साथै अदालतले आइफोनसँगै बक्समा ग्राहकलाई चार्जर पनि उपलब्ध गराउन एप्पललाई आदेश दिएको छ । साओपाउलो स्टेट कोर्टले एप्पल विरुद्ध उक्त फैसला सुनाएको हो ।

एप्पल कम्पनीविरुद्ध एसोसिएसन अफ बारोअर्स, उपभोक्ता समूह तथा करदाताले मुद्दा दायर गरेका थिए । एप्पलले चार्जर बिनाका फ्लागसिप आइफोन बिक्री गरेर गलत अभ्यास गरिरहेको उनीहरुको दाबी थियो ।

एप्पलले भने ब्राजिलियन अदालतको उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । कार्बन उत्सर्जन तथा विद्युतीय फोहोर कम गर्न आइफोनसँगै बक्समा चार्जर उपलब्ध गराउन छाडेको एप्पलको जिकिर छ । एप्पलले हाल नयाँ आइफोनको बक्समा सँगै चार्जर राखेको हुँदैन । उसले ग्राहकहरुलाई छुट्टै चार्जर बेच्ने गरेको छ ।

ग्रीन इनिसिएटिभका नाममा एप्पलले ग्राहकमाथि छुट्टै चार्जर किन्ने बाध्यता थोपरेको अदालतको ठहर छ । यसअघि एप्पलले नयाँ आइफोनसँगै बक्समा नयाँ चार्जर पनि दिने गरेको थियो । तर सन् २०२० आइफोन-१२ बजारमा ल्याएसँगै एप्पलले आइफोनको बक्ससँगै सित्तैंमा चार्जर दिन बन्द गरेको थियो ।

नयाँ आइफोनसँगै चार्जर उपलब्ध नगराउने एप्पलको कदमका कारण यसअघि पनि एप्पलले जरिवाना तिरिसकेको छ । यसअघि पनि ब्राजिल सरकारले एप्पल कम्पनीमाथि करिब एक करोड २२ लाख ब्राजिलियन रियल जरिवाना गरेको थियो । ब्राजिलको न्याय मन्त्रालयले एप्पलमाथि अधुरा सामान ग्राहकलाई थमाउने गरेको ठहर गर्दै आइफोन-१२ र त्यसपछिका आइफोन सिरिज बिक्रीमा रोक लगाएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?