+
+

फिल्म ‘के घर के डेरा’को ओएसटी : काठमाडौंमा डेरा खोज्नेको हैरानी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १५:५९

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित सोसल-कमेडी ड्रामा फिल्म ‘के घर के डेरा’को मौलिक ध्वनि (ओरिजिनल साउण्ड ट्रयाक) सार्वजनिक भएको छ । गीतले फिल्मको कथावस्तु दर्शाउँछ ।

तीन मिनेटभन्दा लामो ओएसटीले काठमाडौं सहरमा डेरामा बसोबास गर्नेहरुको हैरानीलाई प्रस्तुत गर्छ । मल्टिस्टारर यो फिल्म तिहार छेकोमा कात्तिक ४ गते प्रदर्शन हुँदैछ ।

दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्त अभिनित फिल्मले डेरावाल र घरबेटीको किचलो, हैरानी र दुःखलाई प्रस्तुत गरेको छ । मानवीय संवेदनाका कथावस्तुमा फिल्म बनाउँदै आइरहेका निर्देशक खनालले यसमा सहरी मध्यमवर्ग र सर्वसाधारणको डेरावाल पाटोलाई प्रस्तुत गरेका छन् ।

दीपेन्द्र निर्देशित पशुपतिप्रसाद, चिसो मान्छे, धनपतिले पनि सहरी गरिबीको पाटोलाई चित्रण गरेका थिए । शरद् श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र पनि प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?