+
+

‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता बियर ग्रिल्स नेपालमा, लुक्लामा स्काई डाइभिङ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १६:३६
बियर ग्रिल्स र एलिट एक्सिपिडसनका आरोही मिङ्मा डेभिड शेर्पा

काठमाडौं । विश्वचर्चित टेलिभिजन पर्सनालिटी बियर ग्रिल्स सपरिवार नेपाल आइपुगेका छन् । आइतबार बेलुका काठमाडौं आइपुगेका उनी सोमबार बिहान लुक्लातर्फ उडेका छन् ।

कीर्तिमानी आरोही तथा नेटफ्लिक्सको डकुमेन्ट्री फिल्म ‘फोर्टिन पिक्स’ फेम्ड निर्मल पूर्जाको आरोहण कम्पनी एलिट एक्सिपिडसनमार्फत उनी लुक्लातर्फ प्रस्थान गरेका हुन् ।

लुक्लामा उनले स्काई डाइभिङ गर्ने भएका छन् ।

एलिट एक्सिपिडसनका आरोही मिङ्मा डेभिड शेर्पाले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बियर ग्रिल्स नेपालमा एक साता रहनेछन् । ‘उहाँ विशुद्ध पारिवारिक घुमघाममा आउनुभएको हो,’ उनले भने ।

लुक्लामा स्काई डाइभिङ गर्नेदेखि सगरमाथा क्षेत्र घुमघाम गर्ने ग्रिल्स परिवारको योजना छ । स्काई डाइभिङको लागि अनुमति मागिएको शेर्पाले जानकारी दिए ।

ग्रिल्सले यसअघि सगरमाथा र आमादब्लम हिमाल चढिसकेका छन् । ग्रिल्स डिस्कभरी च्यानलको ‘म्यान भर्सेस वाइल्ड’ एड्भेन्चर शोका कारण विश्वभर चर्चित छन् ।

नेपालमा पनि उनको ठूलो फ्यान फलोइङ छ । गत वर्ष नै उनलाई नेपाल ल्याउने जानकारी पूर्जा दिइसकेका थिए । नेटफ्लिक्स फिल्म ‘फोर्टिन पिक्स’पछि ग्रिल्स र पूर्जाको आरोहण कम्पनीबीच सहकार्य भएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?