+
+

सलोन बस्नेतको बिहे : चन्द्रागिरिमा मेहेन्दी, पातले वनमा विवाह र पाँचतारेमा रिसेप्सन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १७:२६

काठमाडौं । फिल्म निर्देशक शोभित बस्नेता आफ्ना छोरा एवं अभिनेता सलोन बस्नेतको विवाह धूमधामले गर्ने योजनामा छन् । सोमबार काठमाडौंमा सलोन अभिनित फिल्म ‘मीलन’को पत्रकार सम्मेलनमा शोभितले सलोनका विवाह योजना सुनाउनेदेखि उनलाई कटाक्ष गर्न समेत भ्याए ।

यतिबेला सलोनको विवाहका लागि बस्नेत परिवारले मंसिर १० गतेदेखि १४ गतेसम्मै वैवाहिक कार्यक्रमको तयारी गरेको छ । वैवाहिक कार्यक्रम मंसिर १२ गते हुनेछ ।

उक्त जमघटमा शोभित र सलोन दुवैले अनलाइनखबरलाई वैवाहिक कार्यक्रमबारे जानकारी गराए । मंसिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहेन्दी उत्सव, १२ गते पातले वनमा वैवाहिक कार्यक्रम र १४ गते काठमाडौंको एक पाँचतारे होटलमा रिसेप्सनको आयोजना गरिनेछ ।

सलोनले प्रेमिका करिश्मा केसीसँग विवाह गर्दैछन् ।

प्रेमिका करिश्मा केसीसँग सलोन बस्नेत

यतिबेला विवाहको तारतम्य मिलाउनेदेखि निम्तो गर्नेसम्मको काममा बस्नेत परिवारलाई भ्याइनभ्याइ छ । सलोनलाई विवाहसँगै फिल्म प्रचारको समेत चटारो छ ।

पत्रकार सम्मेलनमा बोल्दै शोभितले छोरा सलोनले बिहे गरेपनि उनको मार्केट डाउन नहुने भन्दै कटाक्ष गरे । सलोनले बिहे गर्दा आफूलाई बुढो भएको टेन्सन भन्दै उनले ठट्टा समेत गरे ।

कामको कुरा गर्दा चुनावपछि शोभितले अस्ट्रेलियाली गैरआवासीय नेपालीसँग मिलेर एक लभस्टोरी फिल्म बनाउँदैछन्, जसमा सलोनसहित केही नयाँ कलाकार प्रमुख भूमिकामा हुनेछन् ।

तिहारलगत्तै सलोनलाई लिएर शोभित उक्त फिल्मको ‘लोकेसन हन्टिङ’का लागि हिमालपारिको जिल्ला मनाङमा जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?