+
+

नेपालबाट दोस्रोपटक सिमेन्ट निर्यात

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १२:४५

३१ असोज, काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले पनि औपचारिक रुपमा भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । सोमबार उद्योगले एक कार्यक्रमको आयोजना गरेरै पहिलोपटक २ ट्रक सिमेन्ट भारत निर्यात गरेको हो ।

उद्योगका सञ्चालक रहेका नेपाल उद्योग वाणज्य संघका पूर्वअध्यक्ष पशुपति मुरारकाको उपस्थितिमा सिमेन्ट निर्यातको सुरुवात गरिएको हो । भैरहवामा चलिरहेको अर्घाखाँची सिमेन्ट यस्तो निर्यात सुरु गर्ने दोस्रो नेपाली कम्पनी हो ।

यसअघि २४ असारमा पाल्पा सिमेन्टले पहिलोपटक भारतमा सिमेन्ट निर्यात गरेको थियो । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजनका क्रममा निकासीमा प्रोत्साहन गर्न ८ प्रतिशत नगद दिने व्यवस्था गरेको छ ।

नेपाल सिमेन्ट उद्योग संघका अनुसार निर्यातको क्रम बढाउन सके देशमा रहेको चुनढुंगाको उल्लेखनीय उपयोग हुने र यसले देशमा चुलिएको व्यापार घाटा कम गर्न तथा विदेशी मुद्रा सञ्चिती बढाउन सहयोग पुग्ने छ ।

सरकारले निर्यातमा ८ प्रतिशत नगद प्रोत्साह दिने र वार्षिक १० करोडभन्दा बढी विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशत महसुल छुट दिने व्यवस्था गरेको छ ।

निर्यात अनुदानको व्यवस्थाले कम्तीमा २ खर्ब मूल्य बराबरको सिमेन्ट वार्षिक रुपमा निर्यात हुन सक्ने नेपाल सिमेन्ट उत्पादक संघको अनुमान छ ।

संघका अनुसार नेपाली बजारको खपत अहिले कुल उत्पादन क्षमताको ४० प्रतिशत हाराहारी मात्रै छ ।

यसअघि २७ प्रकारका वस्तुमा मूल्य अभिवृद्धि प्रतिशत हेरी ३ देखि ५ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था रहँदै आएकोमा बजेट वक्तव्यले सिमेन्ट, स्टिल, जुत्ता, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित व्यवसाय, क्लिंकर लगायतका वस्तुको किटान नै गरेर निर्यातमा ८ प्रतिशत नगद अनुदानको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?