+
+

स्वास्थ्य राज्यमन्त्री केसीलाई डेंगु संक्रमण, अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १२:०५

२ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ ।

डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् ।

गत शुक्रवार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए ।

केसीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रमुख सचिव अमित शर्माले जानकारी दिए । राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?