+
+

प्रचण्ड नगएको भए गोरखालाई अन्याय हुन्थ्यो : नारायणकाजी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १६:२३

२ कात्तिक काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्न गोरखा नगएको भए अन्याय हुने टिप्पणी गरेका छन् ।

बुधबार माओवादी केन्द्रले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हार्ने डरले प्रचण्ड गोरखा गएको भन्नु गलत भएको बताए । ‘विभिन्न प्रतिक्रियावादीहरुले विभिन्न प्रचार गरेका छन्, हार्ने भएर गोरखा प्रचण्ड गयो भनेका छन्, त्यो गलत हो,’ उनले भने ।

एउटा क्षेत्रलाई मात्रै आधार बनाउने र त्यहीबाट लडिरहने संसदवादको प्रवृत्ति भएको भन्दै श्रेष्ठले त्यसलाई तोड्न पनि प्रचण्डले फरक–फरक निर्वाचन क्षेत्र रोजेको उनले दाबी गरे । ‘कमरेड प्रचण्ड मात्रै यस्तो नेता हुनुहुन्छ, जसले एउटा मात्रै निर्वाचन क्षेत्र बनाउने र त्यही लडिरहने संसदवादको दलदलबाट निस्कन उहाँ एउटै निर्वाचन क्षेत्रमा लड्न चाहानु हुँदैन्थ्यो, त्यसले उहाँ गोरखा जानु भएको छ’ श्रेष्ठले भने ।

युवा अबस्थामा प्रचण्डले गोरखामा पढाएको र  सशस्त्र युद्ध पनि त्यहीबाट सुरु गरेको भन्दै उनले त्यसलाई सम्बोधन गर्न पनि गोरखा रोजेको बताए। ‘त्यो ठाउँलाई उहाँले सम्बोधन गर्नैपर्ने हुन्थ्यो, त्यसैले उहाँ गोरखा जानुभयो,’ श्रेष्ठले भने, ‘उहाँ नगएको भए अन्याय हुन्थ्यो ।’

गोरखाबाट समाजवादको नयाँ क्रान्तिको सुरुवात गर्नका लागि पनि प्रचण्ड गोरखा गएको भन्दै श्रेष्ठले अहिलेसम्मकै धेरै मतान्तरमा बिजय गराएर पठाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?