+
+

काठमाडौं वर्ल्ड स्कुललाई ‘उत्कृष्ट विद्यालय पुरस्कार’, अध्यक्ष झा ‘एजुकेशनल लिडर अफ द इयर’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते ६:३७
अवार्ड ग्रहण गर्दै काठमाडौं वर्ल्ड स्कुलका अध्यक्ष ई.डा.मिथिलेशकुमार झा ।

काठमाडौं । भक्तपुरको गुण्डुमा रहेको अन्तर्राष्ट्रियस्तरको काठमाडौं वर्ल्ड स्कुलले ‘उत्कृष्ट विद्यालय पुरस्कार’ प्राप्त गरेको छ । स्कुलका अध्यक्ष ई.डा.मिथिलेशकुमार झाले ‘एजुकेशनल लिडर अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् ।

गत बिहीबार संयुक्त अरब इमरेट्सको दुबईमा आयोजित नेपाल एजुकेशन अवार्ड समारोहमा दुई अवार्ड स्कुलले प्राप्त गरेको हो ।

काठमाडौं वर्ल्ड स्कुल नेपालको उत्कृष्ट स्कुलभित्र पर्छ । स्कुलमा स्वदेशका मात्रै नभई विदेशका विद्यार्थीहरु समेत अध्ययन गरिरहेका छन् ।

सीजी होल्डिङको लगानी रहेको यो विद्यालय आधुनिक, उत्कृष्ट शैक्षिक गुणस्तर, सुविधा सम्पन्नको साथै कुशल व्यवस्थापनको साथ अगाडि बढिरहेको छ ।

यस्तै, स्कुल व्यवस्थापन समितिका अध्यक्ष ई.डा. झा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील रहदै आएका छन् । उनी नेपालको शैक्षिक विज्ञको रूपमा चिनिन्छन् ।

अवार्ड पाएपछि काठमाडौं वर्ल्ड स्कुल व्यवस्थापन समितिका अध्यक्ष ई.डा. झाले खुसी साट्दै कामको पहिचान पाउनु धेरै कृतज्ञताको अनुभूति व्यक्त गरे । उनले भने, ‘नेपाल एजुकेशन अवार्डको लागि सम्पूर्ण व्यवस्थापन टोलीलाई धन्यवाद दिन चाहन्छु । साथै सम्पूर्ण काठमाडौं वर्ल्ड स्कुल टोलीलाई बधाई दिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?