+
+

मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको जस्तो छैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते ९:३१

४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ को निर्वाचन सामान्य नभएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ को सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

‘चार गतेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन जस्तो छैन,’ प्रचण्डले भने, ‘देशले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ ।’

यसलाई गम्भीरतापूर्वक विचार गर्न र जनतालाई राम्रोसँग बुझाउन उनले गठबन्धनका नेता कार्यकर्ताहरुलाई आह्वानसमेत गरे । ‘किनकी यो हाम्रोलागि र लोकतन्त्रको लागि हामी सबैले ठूलो संघर्ष र बलिदानपछि प्राप्त गरेको उपलब्धिको रक्षा गर्ने प्रश्नसँग जोडिएको छ,’ प्रचण्डले भने ।

काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई प्रतिनिधि सभा सदस्यको उम्मेदवार छिन् । नेपाल समाजवादी पार्टीकी मानुषी माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछिन् ।

काठमाडौं क्षेत्रनम्बर ७ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि श्याम कुमार घिमिरे उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?