+
+

शोधनान्तर घाटाको उच्च वृद्धिमा ‘ब्रेक’ 

एक महिनामा एक अर्ब ५ करोडले बढ्यो शोधनान्तर घाटा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १७:२७

४ कात्तिक, काठमाडौं । मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थिति अघिल्लो आर्थिक वर्षमा निकै उच्च थियो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस्तो घाटा २२ अर्ब ६३ करोड थियो । एक महिनाको अवधिमा शोधनान्तर घाटा सामान्य बढेर २३ अर्ब ६८ करोडमा सीमित भएको छ । यसले शोधनान्तर घाटा उच्चदरमा बढ्ने क्रम रोकिएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्यांक अनुसार अहिले शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा छ । अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनामा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर यस वर्ष १८ करोड ५९ लाखले घाटामा देखिएको छ ।

चालु खाता घाटा समेत सुधार भइरहेको छ । यस वर्ष पहिलो दुई महिनामा चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ रहेको छ । गत आवमा यस्तो घाटा १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा गत आवमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालु खाता यस आवमा २९ करोड १७ लाख रुपैयाँले घाटामा रहेको छ । यस वर्ष खुद प्रत्यक्ष लगानी भने अघिल्लो वर्षको तुलनामा घटेर ८० करो८ ९७ लाखले ऋणात्मक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?