+
+

दुई महिनामा विदेश पढ्न जानेले लगे १२ अर्ब ७६ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १३:५७

४ कात्तिक, काठमाडौं । नेपालबाट विदेशमा पढ्न जान नेपालीसँगै चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा १२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ मसान्तसम्म शिक्षाका लागि सो रकम बाहिरिएको हो । यस आवको दुई महिनामा नेपालको कुल सेवा खातातर्फको व्यय १७ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

जसमध्ये शिक्षामा मात्र १२ अर्ब ७६ करोड बाहिरिएको हो । अन्य रकम नेपालीहरुको वैदैशिक भ्रमणमा विदेशिएको हो । यस अवधिमा नेपाल आउने पर्यटकबाट भने मुलुकले ५ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको छ ।

गत आवको पहिलो दुई महिनामा भ्रमण आय ३ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो । दुई महिनाको अवधिमा खुद सेवा आय १८ अर्ब ६२ करोड रुपैयाँले घाटामा रहेको छ । गत आवको यसै अवधिमा खुद सेवा आय १७ अर्ब ५२ करोड घाटामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?