+
+

एमसीसी महिला क्रिकेट टिमले नेपालमा ६ खेल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १७:१४

४ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मेलर्बन क्रिकेट क्लब (एमसीसी) को महिला क्रिकेट टिमको नेपाल भ्रमण तालिका सार्वजनिक गरेको छ ।

जस अनुसार एमसीसी महिला टिमले ७–१५ कात्तिकमा नेपालमा ६ खेल खेल्ने छ । ४ खेल पोखरामा र २ खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

एमसीसीले नेपालका राष्ट्रिय सिनियर महिला खेलाडी सम्मिलित क्यान ११ सँग ३ खेल, आईसीसीको ड्रिम यू–१९ टिमसँग १ खेल र नेपाली महिला खेलाडीको मिश्रित टिमसँग २ खेल खेल्ने छ ।

एमसीसीको भ्रमणका दौरान नेपाल महिला क्रिकेटका लागि अन्य तालिम तथा प्रशिक्षण पनि हुने क्यानले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?