+
+

गुल्मीमा श्रीमानको कुटपिटबाट घाइते महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते २०:११

४ कात्तिक, गुल्मी । गुल्मीमा श्रीमानको कुटपिटबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी ४२ वर्षका सूर्यबहादुर कुमालको कुटपिटबाट घाइते भएकी ४० वर्षकी तालकुमारी कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।

कात्तिक १ गते श्रीमानको कुटपिटबाट घाइते तालकुमारीको स्थानीय लुम्बिनी वामी हस्पिटल वामीटक्सार गुल्मीमा उपचार भइरहेको थियो । उनको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमान श्रीमतीले मदिरा सेवन गरेर घरायसी झगडाको क्रममा कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न सूर्यबहादुर कुमालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको डीएसपी खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?