+
+

काठमाडौं ७ बाट चुनाव लड्न ओलीको प्रस्ताव थियो : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ५ गते १३:२३

५ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं ७ बाट चुनाव लड्न प्रस्ताव गरेको बताएका छन् ।

नेपाली कांग्रेसले शनिबार विहान काठमाडौंमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्ने क्रममा उनले कांग्रेसबाट टिकट नपाएपछि आफूलाई एमाले अध्यक्ष ओलीले काठमाडौं ७ बाट उम्मेदवारी दिएका आफ्नो पार्टीले सहयोग गर्ने प्रस्ताव गरेको बताएका हुन्  ।

‘कांग्रेसबाट उम्मेदवार हुन खोजेको थिएँ । टिकट पाइन, एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर काठमाडौं ७ बाट उठ्न आग्रह गर्नुभएको थियो । त्यहाँ हाम्रो उमेद्वार छैन, एमाले सहयोग गर्छ भन्नुभएको थियो’, वाग्लेले भने ।

तर आफूले कांग्रेस नछाड्ने वाग्लेले बताए । ‘मलाई पार्टीभित्रै गर्न सकिन्छ भन्ने  छ । पार्टीभित्रै लडेर अघि बढ्न सकिन्छ भन्ने लाग्छ । गगन थापा र विश्वप्रकाश शर्मालाई कसैले दिएर महामन्त्री हुनुभएको होइन । पार्टी भित्रै लडेर महामन्त्री हुनुभयो’, उनले भने ।

नेपाली कांग्रेसबाट चितवन-१ का प्रतिनिधिसभा उम्मेदवारको आकांक्षी रहेका वाग्लेले अन्तिममा टिकट भने पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?