+
+

प्रदेश १ मा सत्ता गठबन्धनलाई जिताएर ओलीजीलाई जवाफ दिनुपर्छ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ५ गते १४:२९

५ कात्तिक, विराटनगर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ मा सत्तारुढ गठबन्धनलाई जिताएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिनुपर्ने बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा उनले प्रदेश १ मा गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई अपिल गरे ।

‘एक नम्बर प्रदेशमा गठबन्धनलाई जिताएर ओलीजीलाई जवाफ दिनुपर्छ’ देउवाले भने, ‘ओलीजीले पनि गठबन्धन गर्नुभएको छ, उहाँको राप्रपासँग गठबन्धन भएको छ । उहाँले गठबन्धन गर्न हुने हामीले किन नहुने ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनाव क्षेत्र प्रदेश १ को झापा जिल्लामा पर्छ ।

प्रधानमन्त्री देउवाले लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउन सत्तारुढ गठबन्धनले जित्न आवश्यक रहेको बताए । उनले सत्तारुढ गठबन्धनका दललाई एक अर्का दलको चुनाव चिह्मा मतदान गर्न अफ्ठ्यारो नमान्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?