+
+

१५ दिनपछि खुल्यो कर्णाली राजमार्गको नाग्म–गमगढी खण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ५ गते १५:१५

५ कात्तिक, जुम्ला । पहिरो पन्छाएपछि कर्णाली राजमार्गको नाग्म–गमगढी खण्ड सञ्चालनमा आएको छ । असोज तेस्रो हप्ताको वर्षा र पहिरोका कारण कर्णाली राजमार्गको यो खण्ड १५ दिन अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार कर्णाली राजमार्गको ९३ किलोमिटर क्षेत्रको यो खण्डमा खसेका १५० पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।

नाग्म–गमगढी खण्डको हमा गाउँपालिकामा सवैभन्दा बढी पहिरो थियो । सबइन्जिनियर गणेश भक्रीका अनुसार हिमा गाउँपालिकाको बाजागादेखि भुगोलपाटको करिब ८ किलोमिटर सडक सबैजसो पहिरोले बिगारेको थियो ।

हाल उक्त सडकमा मोटरसाइकल सञ्चालन हुन्छ । पहिरोले भत्किएको सडकको केही ठाउँमा पर्खाल लगाएपछि चार पांग्रे गाडी पनि गुड्न सक्ने डिभिजन सडक कार्यालयले जनाएको छ ।

हाल जुम्ला बजारदेखि नाग्म र सिंजा क्षेत्रमा भने गाडी चलेका छन् । पहिरो पञ्छाए पनि धेरै स्थानमा अझै पहिरोको जोखिम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?