+
+
Shares

गोरखा र मनाङको सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते ९:२३

६ कात्तिक, गोरखा । गोरखा र मनाङको सिमानामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निगरानी बढाइने भएको छ ।

शनिबार गोरखामा भएको अन्तरजिल्ला समन्वय बैठकले सीमावर्ती नाकाहरुमा सुरक्षा चेकजाँचमा थप कडाइ गर्ने निर्णय गरेको हो ।

‘जिल्लाका सीमावर्ती नाका प्रयोग गरी हुन सक्ने अवैध हातहतियार तथा विष्फोटक पदार्थ, लागुऔषध, धार्मिक तथा पुरातात्विक वस्तु, बहुमूल्य जडीबुटी, वन पैदावार, निषेधित एवं संरक्षित वन्यजन्तु आदि अवैध वस्तुको चोरी निकासी तथा ओसारपसार जस्ता अपराधिक क्रियाकलाप रोक्न र गैरकानुनी कार्यहरु हुन नदिन सीमावर्ती नाकामा सुरक्षा चेकजाँचलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छौं,’ गोरखा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने ।

गोरखाको मनास्लु र मनाङको अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको गतिविधि पनि निगरानी बढाउने उनले बताए । विदेशी स्वयमसेवक एवं भ्रमण भिषामा नेपाल आएर सीमा क्षेत्रमा धर्म प्रचार गर्नेलाई कानुनी कारबाही गरिने उनले चेतावनी दिए ।

अपराधिक क्रियाकलाप नियन्त्रणका लागि अन्तरजिल्ला सूचना आदानप्रदानसँगै आवश्यक समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ ।

मंसिर ४ गतेको निर्वाचनमा हुन सक्ने निर्वाचन विरोधी क्रियाकलाप र आचारसंहिता विपरीत कार्यहरु रोक्नका लागि आपसी समन्वय गर्दै अघि बढ्ने सहमति समेत भएको छ ।

जिल्ला सुरक्षा समिति गोरखाको आयोजनामा भएको बैठकमा गोरखा र मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, निर्वाचन कार्यालयका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?