+
+

नेसपाको प्रतिबद्धतापत्रमा बाबुरामका १२ वाचा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १३:५५

६ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले आफ्नो चुनावी घोषणापत्रमा १२ वटा प्रतिबद्धता व्यक्त गरेको छ । नेसपाले आइतबार सार्वजनिक गर्न लागेको घोषणापत्रको मूल नारा ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ रहेको छ ।

नेसपाको १२ वाचामा सस्तो, भरपर्दो र सुधारिएको स्वास्थ्य सेवा सबैलाई पुर्‍याउने रहेको छ । प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा सरकारी स्कुलबाटै उपलब्ध गराउने नेसपाको दोस्रो वाचा रहेको छ ।

लगानीमैत्री वातावरणमा देशभित्रै नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन, हरियो, सफा र खुल्ला शहर बनाउने नेसपाका अन्य वाचा रहेका छन् । देशैभरिका उद्यमीलाई प्रोत्साहन गर्ने, व्यावसायिक कृषिलाई प्राथमकिता, भौतिक पूर्वाधारमा विशेष पहल, सूचना प्रविधि र अनुसन्धानलाई उच्च प्राथमिकता, बिजुलीलाई नै प्रमुख ऊर्जा बनाउने र महिला सुरक्षाको ग्यारेन्टी गर्ने अन्य वाचाहरू नेसपाको प्रतिबद्धतापत्रमा समेटिएको छ ।

‘मेचीदेखि महाकाली, सबैतिर विकास र खुसीयाली’ नारा उल्लेख गर्दै प्रतिबद्धतापत्रमा पार्टी अध्यक्ष भट्टराईले भनेका छन्, ‘प्रगतिशील राष्ट्रवादमा आधारित स्वाधीनता, संघीयताको सुदृढीकरण अनि समावेशी, समानुपातिक सहभागितामूलक लोकतन्त्र हाम्रो लक्ष्य हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?