+
+
Shares

नेसपाको प्रतिबद्धतापत्रमा बाबुरामका १२ वाचा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १३:५५

६ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले आफ्नो चुनावी घोषणापत्रमा १२ वटा प्रतिबद्धता व्यक्त गरेको छ । नेसपाले आइतबार सार्वजनिक गर्न लागेको घोषणापत्रको मूल नारा ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ रहेको छ ।

नेसपाको १२ वाचामा सस्तो, भरपर्दो र सुधारिएको स्वास्थ्य सेवा सबैलाई पुर्‍याउने रहेको छ । प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा सरकारी स्कुलबाटै उपलब्ध गराउने नेसपाको दोस्रो वाचा रहेको छ ।

लगानीमैत्री वातावरणमा देशभित्रै नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन, हरियो, सफा र खुल्ला शहर बनाउने नेसपाका अन्य वाचा रहेका छन् । देशैभरिका उद्यमीलाई प्रोत्साहन गर्ने, व्यावसायिक कृषिलाई प्राथमकिता, भौतिक पूर्वाधारमा विशेष पहल, सूचना प्रविधि र अनुसन्धानलाई उच्च प्राथमिकता, बिजुलीलाई नै प्रमुख ऊर्जा बनाउने र महिला सुरक्षाको ग्यारेन्टी गर्ने अन्य वाचाहरू नेसपाको प्रतिबद्धतापत्रमा समेटिएको छ ।

‘मेचीदेखि महाकाली, सबैतिर विकास र खुसीयाली’ नारा उल्लेख गर्दै प्रतिबद्धतापत्रमा पार्टी अध्यक्ष भट्टराईले भनेका छन्, ‘प्रगतिशील राष्ट्रवादमा आधारित स्वाधीनता, संघीयताको सुदृढीकरण अनि समावेशी, समानुपातिक सहभागितामूलक लोकतन्त्र हाम्रो लक्ष्य हुनुपर्छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?