+
+

जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्दै महानगर, जरिबानाबापत ४ लाख संकलन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १७:४२
तस्वीर सौजन्य : काठमाडौं महानगरपालिका

६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्न सुरु गरेको छ । रातको समयमा सडक तथा नदी किनारा लगायत सार्वजनिक स्थलमा फोहोर फाल्न आउनेलाई कारबाही गर्ने गरिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार जथाभावी फोहोर फाल्नेसँग जरिबानाबापत ४ लाख ५ सय रुपैयाँ संकलन भएको छ । महानगरको वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए । फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसाँ जरिवाना रकम तोक्ने गरिएको छ ।

‘जानेर पनि नजानेजस्तो गरेर फोहोर फाल्न आउने पनि भेटिन्छन् । कतिपयले आफ्नो फोहोर फाल्न अरुलाई प्रयोग गरेका छन् । कतिपय विद्यार्थीहरुले फोहोर व्यवस्थापनको आफूसँग विकल्प नभएपछि बाहिर आउनु परेको बताउने गरेका छन्’ भट्टले भने ।

अनुगमनका लागि नगर प्रहरी र कर्मचारीको टोली हरेक दिन बेलुकाबाटै खटिने गरेको उनले बताए । एक दिनमा ५ जनाको टोली खटिने भट्ट बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?