+
+

टी-२० विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध बंगलादेशको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १४:०१

७ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सोमबार भएको पहिलो खेलमा बंगलादेशले नेदरल्याण्ड्समाथि ९ रनकोे रोमाञ्चक जित हात पारेको छ ।

बंगलादेशले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो ।

नेदरल्याण्ड्सका लागि कोलिन अक्रमानले सर्वाधिक ६२ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

शीर्ष क्रमका ब्याटरलाई सस्तैमा गुमाएको नेदरल्याण्ड्सले १५ रनमा ४ विकेट गुमाइसकेको थियो ।

यस्तो स्थितिमा चाथो नम्बरका कोलिनले नेदरल्याण्ड्सको इनिङ्स उकासेका थिए । पल भान मिक्ररेनले २४ रन र स्कट इड्र्वाडले १६ रन बनाए ।

अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । बंगलादेशका लागि तास्किन अहमिदले सर्वाधिक ४ विकेट लिए । हसनले २ विकेट तथा सकिल अल हसन र सौम्य सरकारले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । बंगलादेशका लागि अफिफ हसनले ३८ रन बनाए । उनले २७ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

ओपनर नजमुल शान्तोले २५ रन, सौम्य सरकारले १४ रन बनाए । मोदसिक होसन २० रनमा अविजित रहे ।

नेदरल्याण्ड्सका लागि पल भान र लेडले समान २ विकेट लिए । टीम प्रिङ्गेल, शारिज अहमद र बिकले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?