+
+

पटेर्वा सुगौलीमा निजी स्रोतका शिक्षकले तलब पाएनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १६:५५

७ कात्तिक, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाका विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले चार महिनादेखि तलब नपाएपछि पालिकाको ध्यानाकर्षण गराएका छन् ।

नगरपालिकाले स्थायी, करारका शिक्षकलाई दशैंअघि तलब दिए पनि निजी स्रोतका शिक्षकलाई भने तलब नदिएपछि शिक्षा शाखा प्रमुख र नगर प्रमुखलाई ध्यानाकर्षण गराएको जानकारी दिएका छन् ।

पालिकाको नेपाल राष्ट्रिय आधारभूत विद्यालय पटेर्वा, रामपुरमा निजी स्रोतमा शिक्षण सेवा गर्दै आएका शिक्षक रामआशिष यादवले थोरै तलबमा काम गर्नुपर्ने र त्यो तलब पनि समयमा नदिँदा समस्या भएको बताए । उनी भन्छन् ‘हामीलाई जम्मा दश हजार दिएको छ । त्यो पनि समयमा दिँदैन । अरुले दशैं अघि पाइसके हामीले चाँहि अहिले पनि कहिले दिने भन्ने थाह छैन ।’

गाउँपालिका प्रमुख दिनेशकुमार चौधरीले तलब दिन ढिला भएको स्वीकार गरे । ‘निजी स्रोतका शिक्षकहरु कसरी नियुक्त हुनुभएको छ भनेर हेरिरहेका छौं । आवश्यक प्रक्रिया पु¥याएर दिन्छौं । रोक्ने नियत होइन’, उनले भने ।

पटेर्वा सुगौली गाउँपालिकाका २४ वटा विद्यालयमा २९ जना निजी स्रोतका शिक्षक रहेका छन् । निजी स्रोत शिक्षकहरुलाई मासिक तलब १० हजार रुपैयाँ दिँदै आएको तर हाल राजनीतिक विषय लिएर साउनदेखिको तलब नदिएको शिक्षकहरुको गुनासो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?