+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

तीन महिनामा काठमाडौं महानगरको खर्च १ अर्ब ४७ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते ११:१०

७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ दशमलव ५७ प्रतिशत खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्ष कुल बजेट २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ मध्ये १ अर्ब ४७ करोड १६ लाख ६५ हजार खर्च भएको जनाएको छ ।

१ साउनदेखि असोज मसान्तसम्म महानगरले विषयगत तर्फ सबैभन्दा धेरै खर्च सामाजिक विकास तर्फ १३ प्रतिशत गरेको छ । यस्तै आर्थिक विकास तर्फ १ दशमलव १७ प्रतिशत खर्च भएको छ भने पूर्वाधार विकास तर्फ ४ दशमलव ५ प्रतिशत खर्च भएको महानगरले जनाएको छ ।

महानगरले सार्वजनिक गरेको तीन महिनाको खर्चको अनुसार सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा २ दशमलव २२ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ११ दशमलव ३४ प्रतिशत खर्च भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?