+
+

दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति भएको अनुमान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ८ गते ६:५३

८ कात्तिक, दाङ । दाङको घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ  । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ ।

न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करडौंको क्षति भएको अनुमान गरिएको छ ।

राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणामा आएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?