+
+

हेटौंडामा बसले ठक्कर दिँदा एक पैदलयात्रीकाे मृत्युु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ९ गते १७:५८

९ कात्तिक, हेटौंडा । हेटौंडाबाट पुर्वी मकवानपुरकाे फापरबारीतर्फ गैरहेकाे यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिंदा एक जनाकाे मृत्यु भएकाे छ ।

दिउँसो पाैने तीन बजे धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१७ कठायत चाेकमा ना ४ ख ४०२२ नम्बरकाे बसले साेहि स्थानका अन्दाजी ४० बर्षीय साेम गाेलेलाई ठक्कर दिएकाे थियाे।

गम्भीर घाइते गाेलेलाई उपचारका लागि हेटौंडा अस्पतालमा पुर्‍याउनेबित्तिकै डाक्टरले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ । बस र चालक प्रहरीकाे नियन्त्रणमा रहेकाे प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?