
१० कात्तिक, काठमाडौं । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा छनोट भएको छ ।
समूह एको आफ्नौ पाँचौ खेलमा अजाक्सलाई ३–० ले हराउँदै लिभरपुललले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो ।
लिभरपुललाई जिताउन मोहमद सलाह, डार्विन नुनेज र हार्भे इल्लिओटले गोल गरे ।
हारसँगै अजाक्सको च्याम्पियन्स लिग यात्रा सकिएको छ । यो समूहबाट लिभरपुलसँगै नापोल पनि च्याम्पियन्स लिगको नक आउट चरणमा पुगेको छ । नापोलीले रेन्जर्सलाई ३–० ले नै हरायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4