+
+

मकवानपुरमा लडेर २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १० गते ११:३२

१० कात्तिक, हेटौंडा । मकवानपुरका छुट्टाछुट्टै स्थानमा लडेर २  जनाको मृत्यु भएको छ ।

हेटौंडा-१२ कल्याणटारका ५७ वर्षीय कृष्ण बम्जनको आज बिहीबार बिहान साढे ९ बजे हिंड्दै गर्दा हल्का पानी रहेको खोल्सामा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी भीमफेदी-१ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको बुधबार राति देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा जाँदा भीरबाट लडेर मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएका गोलेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?