+
+

दयाहाङ राईदेखि रेखा थापासम्म : यस्तो रह्यो सेलिब्रेटीको भाइटीका

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १० गते १६:४६

यतिबेला रेखा थापा चुनावी चटारोमा छिन् । पूर्ववत् नेताहरुको घम्साघम्सी हुने मोरङको चुनावी मैदानमा यी अभिनेत्रीको प्रवेशले छुट्टै ग्ल्यामर थपिदिएको छ । गत भदौदेखि नै रेखा आफ्नो निर्वाचन क्षेत्रमा खटिएकी हुन् ।

सभा-सम्मेलन, घरदैलो कार्यक्रम र निरन्तरजसो सर्वसाधारणसँगको उठबसमा व्यस्त रहिन् उनी । यसैबीच तिहारमा भने उनले विश्राम लिइन् र धुमधामसाथ यो पर्व मनाइन् । अतः कहिले देउसी-भैलो समूहसँग मिसिएर रमाइलो गर्न भ्याइन् भने कहिले आफ्नै परिवारको जमघटमा ।

भर्खरै मात्र रेखाले भाइटीकाको फोटो सार्वजनिक गरेकी छिन् । ‘ह्याप्पी टीका’ क्याप्सनसहित रेखाले आफ्ना दाजुभाइ-दिदीबहिनीसँगको फोटो साझेदार गरेकी हुन् ।

अभिनेता दयाहाङ राई चलचित्रकै चटारोमा छन् । यतिबेला हलमा उनी अभिनित चलचित्र प्रदर्शन पनि भइरहेको छ, के घर के डेरा । चलचित्रले राम्रै व्यापार गरिरहेको बताइन्छ । रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा पनि दयाहाङ व्यस्त छन् । यही व्यस्तताबीच उनले केही थान फोटो साझेदार गरेका छन्, जसमा उनका छोरा र चेलिबेटीले भाइटीका लगाइदिंदै गरेको देखिन्छ । उनले लेखेका छन्, ‘छोराको भाइटीका ।’

‘भाइटीका २०७९’ लेख्दै निर्देशक प्रदीप भट्टराईले पनि फेसबुक पेजमा सयपत्री फूल र सप्तरंगी टीकासहितको फोटो साझेदार गरेका छन् । थाहै छ, यतिबेला उनी फिल्म प्रदर्शनको तयारीमा छन् । एकल पिताको दुखान्तमा बुनिएको कथा लिएर उनी भोलि (शुक्रबार)देखि देशभरको सिनेमा ‘महापुरुष’ घरमा पुग्दैछन् । यही चलचित्रको प्रचारप्रसारले उनलाई बेफुर्सदिलो बनाएको छ ।

अक्सर दशैं तिहारको बेला गायक-गायिकाहरु घरमा बस्न पाउँदैनन् । देश विदेशमा हुने कन्सर्टले उनीहरुलाई भ्याइनभ्याइ बनाउँछ । यस्तै अवस्थामा गायक प्रमोद खरेलले तिहार मनाएका छन् । दुई दिनअघि उनले आफ्नो घरआँगनमा बनाइएको रंगोली अघिल्तिर बसेर ‘शुभ तिहार, लक्ष्मी माताले तपाई हामी सबैको कल्याण गरुन्’ लेख्दै फेसबुकमा फोटो साझेदार गरेका थिए । हालै मात्र उनले आफ्ना चेलीसँग भाइटीका मनाइरहेको फोटो फेसबुकमा राखेका छन् ।

यसैगरी अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि धुमधामसाथ भाइटीका मनाएका छन् । आफ्ना दाजुभाइ र चेलीबेटीसँग भाइटीका मनाइरहेको केही थान फोटो राख्दै दीपकले संक्षिप्तमा लेखेका छन्, ‘सप्तरंगी टीका’ ।

गलामा मखमली माला, शिरमा ढाकाटोपी अनि नाङ्लोभरी सेलरोटी र फलफूल । दीपकराजको भाइटीका निकै धुमधाम देखिन्छ ।

अभिनेता तथा निर्माता दीपकराज गिरी आफ्ना दाजुभाइ तथा चेलीहरुसँग

निर्देशक प्रदीप भट्टराई आफ्नी चेलीसँग

अभिनेता दयाहाङ राईले पोस्ट गरेको फोटो, जहाँ उनका छोराले भाइटीका मनाइरहेका छन् ।

अभिनेत्री रेखा थापा आफ्ना दिदीबहिनी र माइतीसँग भाइटीका मनाउँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?