+
+

सुत्केरी भत्ता ५ हजार पुर्‍याउने कांग्रेसको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १२ गते १३:५१

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सुत्केरी भत्ता ५ हजार पुर्‍याउने घोषणा गरेको छ ।

शनिबार सार्वजनिक कांग्रेसको चुनावी घोषणापत्रमा बृहत् लक्ष्य नाम दिएर कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरु ल्याउने उल्लेख छ । जहाँ सुत्केरी भत्ता ५ हजार पुर्‍याउने घोषणा गरिएको छ ।

चालु आर्थिक बर्षबाटै सरकारले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिँदै आएको छ ।

घोषणापत्रमा ३/७३ को नारा दिँदै कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरू ल्याउने घोषणा गरिएको छ । तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने भन्दै कांग्रेसले ३/७३ को नारा दिएको हो ।

५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने, बिमाको दायरा बढाएर १० लाख रुपैयाँ पुर्‍याउने पनि घोषणापत्रमा छ । ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बिमा गर्ने भनिएको छ ।

पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका २६०० वडामा आधारभूत स्वास्थ्य केन्द्र, सबै गाउँ नगरपालिकामा विशेषज्ञ चिकित्सकसहित प्राथमिक अस्पताल र सबै उपमहानगरपालिका था महानगरपालिकामा विशेषज्ञ सेवासहित अस्पताल सञ्चालन गर्ने पनि कांग्रेसको घोषणा छ ।

कांग्रेसले सबै महिलालाई निःशुल्क स्यानिटरी प्याड, हरेक स्थानीय तहमा एम्बुलेन्सलगायतका स्वाथ्य सेवा पुर्‍याउने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?