+
+

रुपन्देहीमा जनमुक्ति पार्टीका ७ जनाको उम्मेदवारी निष्क्रिय

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १२ गते १७:१७

१२ कात्तिक, बुटवल । रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनको समर्थन पाएको राष्ट्रिय जनमुक्ति पार्टीले जिल्लाका ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ प्रदेशसभा निर्वाचन क्षेत्रको उम्मेदवारी निष्क्रिय पारेको छ ।

रुपन्देही–२ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारुढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । यहाँ नेकपा एमालेका विष्णु पौडेल उम्मेदवार छन् ।

सत्ता गठबन्धनले थापालाई समर्थन गरेवापत जनमुक्तिले रुपन्देही १ मा डिबी थापा, रुपन्देही–३ मा मोजिव अलि, रुपन्देही–४ मा जवाहर अली र रुपन्देही ५ मा भैरव बहादुर थापाको उम्मेदवारी निष्क्रिय पारेको हो ।

यस्तै रुपन्देही–१(१) कि विमला गुरुङ, १(२)का छत्रबहादुर दर्लामी र ३(२)का मीनबहादुर पल्लीको उम्मेदवारी पनि निष्क्रिय पार्ने जनमुक्ति पार्टीले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

जनमुक्तिले सत्ता गठबन्धनका रुपन्देही २ (१ ) र (२) , तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १, ३, ४ र ५ मा गठबन्धनका उम्मेदवारलाई सघाउने छ ।

पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले सर्वोच्च अदालत र निर्वाचन आयोग एमाले पार्टीको कार्यालय जस्तो भएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा जनमुक्तिका उम्मेदवार केशव थापाले आफ्नो दल एक्लै चुनाव लड्ने तयारीमा रहेको भए पनि परिस्थितिले गठबन्धनको साथले उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?