+
+

‘अवतार २’ यस वर्षकै लामो फिल्म, दर्शकले हलमा झण्डै ४ घण्टा बिताउनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १२:४३

काठमाडौं । जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखला आगामी पुस १ गते नेपालसहित विश्वभर प्रदर्शनको तयारीमा छ ।

फिल्मलाई लिएर दर्शकमाझ १३ वर्षदेखिकै उच्च पर्खाइ छ । तर फिल्मको लम्बाइलाई लिएर हल सञ्चालकलाई तनाव सुरु भएको छ । फिल्मको लम्बाइका कारण नेपाली हललाई पनि सकस हुने देखिएको छ ।

फिल्मको औसत लम्बाइ २ वा सवा दुई घण्टा हुने हो । तर अवतार ः द वे अफ वाटरको लम्बाइ ३ घण्टा १४ मिनेट हुनेछ । त्यो भनेको हलको चार घण्टा समय ‘अकुपाइड’ हुनु हो ।

फिल्म प्रदर्शनअघिको समय, ब्रेक र प्रदर्शनपछिको एक्जिट समयलाई निर्धारण गर्दा दर्शकले हलमै झण्डै ४ घण्टा समय बिताउनुपर्नेछ । एक किसिमले अवतार २ ले दर्शकलाई धैर्यताको परीक्षा समेत लिनेछ ।

‘अवतारको ३ घण्टा १४ मिनेट भनेको एउटा हलको ४ घण्टा अकुपाइड हुनु हो । त्यति नै समय दर्शकले हलमा बिताउनुपर्छ भन्ने हो । किनभने दर्शकलाई लामो समय टिकाउनु चुनौतीपूर्ण काम हो,’ आईएनआई मल्टिप्लेक्सका सुरेन्द्र थापाले भने ।

एउटै फिल्मलाई चार घण्टा दिंदा हलले कम शो पाउनेछन् । कमाइ पनि प्रभावित हुनसक्छ । रन-टाइम लामो हुँदा फिल्मको शो संख्यामा कमी आउनेछ ।

हलिउड रिपोर्टर म्यागजिनका अनुसार अवतार २ सन् २०२२ कै लामो फिल्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?