+
+

छठमा सूर्यलाई चढाउन राखिएका प्रसाद, ६ तस्वीर

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ कात्तिक १३ गते १७:३०

१३ कात्तिक, जनकपुरधाम । तराई–मधेसमा धुमधामका साथ मनाइने छठ पर्वको आज मुख्य दिन । मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लामा सर्वसाधारणले भक्तिभाव र उल्लासपूर्वक छठ पर्व मनाउँदै छन् ।

जनकपुरको धार्मिक तथा ऐतिहासिक गंगासागर, धनुष सागर, अर्गजा, दशरथ तलाउ, गोरधोइ पोखरीलगायतमा छठघाट बनाएर झकिझकाउ बनाइएको छ । घाटलाई झिलिमिली बत्तीले सिंगारिएको छ ।

ब्रतालुहरुले जलाशय नजिक बनाएको घाटमा विभिन्‍न परिकारहरु पर्वका पूजा, प्रसाद सामग्री ठेकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू) मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार, केरालगायतका सामग्रीहरु सूर्यलाई चढाउन राखेका छन् ।

आज साँझ ब्रतालुहरुले कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।

मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् ।

सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् । मिथिलामा यसपालि पर्सी आइतबार छठ व्रत (सझुका अरख) र सोमबार बिहान पारन (समापन, भोरका अरख) सम्पन्न गरिनेछ ।

आफूलाई पायक पार्ने स्थानका स्थानीय पोखरी तालतलाउ तथा मठमन्दिर नजिक छठघाट निर्माण गरेर आआफ्नो परम्परागत शैलीमा छठ पर्व मनाउने प्रचलन रहिआएको छ ।

परम्पराअनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य  दिई पूजा विसर्जन गरिन्छ ।

हेर्नुस् तस्वीरहरु :

लेखकको बारेमा
शैलेन्द्र महतो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?